काठमाडौँ– त्यो सन् १८७९ को अन्तिम रात थियो । अमेरिकामा उल्लासका साथ नयाँ वर्ष मनाइँदै थियो । यता वैज्ञानिक थोमस एल्बा एडिसन भने आफ्नो आविष्कार केन्द्रभित्र जम्मा भएका कर्मचारी र त्यहाँ भेला भएका मानिसहरूलाई आफूले गरेको नयाँ आविष्कार सफल सफल पारेर अचम्मित पारेका थिए ।
डीसी (डाइरेक्ट) करेन्टका आविष्कारक थोमस अल्बा एडिसनले त्यही रात फिलामेन्ट चिमको विकास गरेका थिए । त्यसलाई मानव इतिहासमा नयाँ युगको शुरुवात भएको मानिन्छ ।
असीको दशकमा पूरै विश्व नै उज्यालोका लागि टुकी र मट्टितेलको भर परिरहेको थियो । मानिसहरू रात पर्न थालेपछि छिट्टै सुत्थे । किनकि, रातको अँध्यारोलाई उज्यालो दिने बल्बको विकास भइसकेको थिएन । अझ त्यतिबेला बिजुलीको त कल्पनासमेत गरिएको थिएन ।
एडिसनले त्यो बेला सोलारबाट बल्ब जलाउन सकिने प्रविधिको विकास गरेका थिए । उनको त्यो विकासले त्यतिबेला पूरै अमेरिकामा हङ्गामा मच्चाएको थियो ।
अहिले डिसी करेन्ट हाम्रो दैनिक जीवनमा सामान्य भइसकेको छ ।
सन् १८४१ मा इङ्गल्याण्डका फ्रेडरिक डे मोलिनेसले पहिलो पटक पेटेन्ट (अधिकार लिनु) गरिएको धूप प्रकाशको विकास गर्ने एडिसन सम्भवतः पहिलो व्यक्ति थिए । तर केही दशकसम्म एकपटकमा केही मिनेटभन्दा बढी समय बल्ब जलाउन असक्षम नै रहे । त्यसपछि सन १८७८ मा एडिसनले ‘एडिसन इलेक्ट्रिक लाइट कम्पनी’ मार्फत व्यावसायिक रूपमा ‘इन्यान्डेसेन्ट लाइट’ विकास गर्ने निर्णय गरे ।
मेन्लो पार्कमा रहेको प्रयोगशालाभित्र आविष्कारक विजार्ड र उनको समूह एउटा भ्याकुमको आविष्कार गर्न सफल भयो । जसले प्लाटिनम फिलामेन्टलाई आगोविना नै बाल्यो । तर, धातु निकै महँगो भएकाले एडिसनले यसलाई कम लागतमा बनाउनका लागि कार्बन फिलामेन्टमा फर्केर कच्चा रेशम, कर्क र आफ्ना दुई कर्मचारीहरूको दाह्रीको कपालमा गरेको परिक्षणले पनि केही सफलता पाए ।
केही थप अनुसन्धानपछि अक्टोबर १८७९ मा बिना कार्बन उत्सर्जनसहित फिलामेन्ट १३ घण्टा भन्दा बढी समय लगातार बलिरहेपछि एडिसन बल्ब आविष्कारकको रुपमा चिनिए । २७ जनवरी, १८८० मा एडिसनले आफ्नो बिजुली बत्तीको लागि पेटेन्ट प्राप्त गरे ।
टेलिग्राफ तथा टेलिफोनजस्ता आविष्कारको लागि ‘मेनलो पार्कको जादूगर’ को रूपमा सम्मानित महान वैज्ञानिक एडिसनका नाममा व्यक्तिगत तथा सामुहिक रुपमा करीब १ हजार ९३ प्याटेन्ट दर्ता भएको अंग्रेजी पत्रिका हिष्ट्री डटकमले उल्लेख गरेको छ ।
जसमध्ये विद्युत र प्रकाशसँग ३ सय ८९, फोनोग्राफसँग १ सय ९५, टेलिग्राफसँग १ सय ५० र ब्याट्रीसँग १ सय ४१ तथा टेलिफोनसँग सम्बन्धित ३ सय ४१ प्याटेन्ट छन् । भनिन्छ, एडिसनले नै विश्वमा पहिलो पटक औद्योगिक अनुसन्धान प्रयोगशाला बनाएका थिए । ३० वर्षको उमेरमै विश्वप्रसिद्ध व्यक्ति बन्न सफल भएका एडिसन एक आविष्कारक समेत थिए ।
११ फेब्रुअरी १८४७ मा जन्मिएका वैज्ञानिक एडिसनमा टाउकोमा चोट लागेको र मास्टोइडाइटिसका कारण १२ वर्षकै उमेरदेखि एक कान कम सुन्ने समस्या थियो ।
औपचारिक शिक्षा प्राप्त गर्न नसकेका थोमस १३ वर्षकै उमेरदेखि मिसिगनको एक रेलमार्गमा खाना तथा पत्रिका बेच्ने कामसमेत गर्ने गर्थे । यसबाट उनले हरेक हप्ता ५० डलरसम्म कमाइ गर्थे ।
एडिसनले सन् १८७० देखि १८७५ सम्म न्यू जर्सिमै काम गरे । आमाको मृत्यु पश्चात् सन् १८७१ मा एडिसनले मेरि स्टिलबेलसँग विवाह गरे । यो बिचमा उनलाई ठूलो आर्थिक संकट पर्यो । जसमा उनकी पत्नी स्टिलबेलले उनलाई साथ दिइन् ।
यसपछि सन् १९७५ को अन्त्यतिर बुवाको सहयोगमा उनले न्यू जर्सिकै मेनलो पार्कमा वेष्ट ओरेन्ज नामक प्रयोगशाला कारखाना स्थापना गरे । यस कारखानाबाटै उनले राम्रो सफलता प्राप्त गरे ।
यसपछि एडिसनले सन् १८७७ मा कार्बन ट्रान्समिटरको विकास गरे । जसको कारण आवाजहरुलाई स्पष्ट रुपमा प्रसारित गरेर टेलिफोनको सुन्न सक्ने क्षमतामा सुधार गर्न मद्दत पुग्यो । त्यसै वर्ष एडिसन टेलिग्राफ र टेलिफोनसँगै फोनोग्राफको आविष्कार गर्न प्रेरित भए ।
त्यसपछि सन् १८७८ मा उनले ग्यास लाइटहरुलाई बदल्नका लागि सुरक्षित र सस्तो बिजुली लाइटको आविष्कार गर्न तर्फ लागे । यसकै फलस्वरुप उनले सन् १८७९ मा प्लाटिनम फिलामेन्टको प्रयोग गरी बल्ब बाल्न सफल भए भने १८८० मा लामो समयसम्म बल्न सक्ने बल्बको आविष्कार गरे ।
एडिसनले वेष्ट ओरेन्ज प्रयोगशालासँगै मेशिन पसल, पुस्तकालय, धातु विज्ञान, रसायन विज्ञान र काठको कामहरु सञ्चालन गरे ।
सन् १९९१ मा फोनोग्राफ सुधारका लागि काम गर्दै गर्दा एडिसन मोसन पिक्चर क्यामेरा, किनेटोग्राफ र हेर्ने उपकरण किनेटोस्कोप आविष्कार गर्न सफल भए ।
पछि उनले क्षारीय भण्डारण ब्याट्री विकास गरे । शुरुवाती चरणमा यसको प्रयोग फोनोग्राफको लागि शक्ति स्रोतको रूपमा गरियो । पछि पनडुब्बी र विद्युतीय सवारीका लागि शक्ति आपूर्तिका लागि समेत गर्ने गरियो । यसरी विभिन्न आविष्कारहरूको अपेक्षाकृत तथा सीमित सफलतासँगै एडिसन आफ्नो संघर्षका कारण गरीब, अशिक्षित रेलवे कामदारबाट संसारको सबैभन्दा प्रसिद्ध व्यक्ति तथा लोक नायक बन्न पुगे ।
उनको वेस्ट ओरेन्ज प्रयोगशाला अहिले ‘थोमस एडिसन राष्ट्रिय ऐतिहासिक पार्क’को रूपमा स्थापित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया