मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता उपाय अपनाएर फेसबुकमा गर्न सकिन्छ ब्याक डेटमा पोस्ट

काठमाडौँ– पछिल्लो समय सबै उमेर समूहका मानिसहरुले फेसबुक चलाउने गर्छन् । तर धेरै मानिसहरुलाई फेसबुकले दिने कतिपय सुविधाकाेबारेमा थाहा नहुन सक्छ । त्यसकारण आज हामी तपाईलाई आफ्नो फेसवुक पेजमा विगतमा गरेको पोस्टको मिति परिवर्तन गर्न सक्ने सुविधाको बारेमा जानकारी दिदैछौँ । जुन सुविधाको प्रयोग गरी तपाईले अहिले गर्दै गरेको नयाँ पोस्टलाई ब्याकडेटमा लैजान र पहिले नै गरिसककेको पोष्टकोसमेत मिति परिवर्तन गर्न सक्नुहुन्छ ।

त्यसका लागि तलका उपाय अपनाउनुहोस् ।
-पहिले नै गरिसकेको पोस्टको मिति परिवर्तन गर्न
-सर्वप्रथम फेसबुक एप खोली आफ्नो पेज लगइन गर्ने ।
-त्यसपछि ‘न्यूज फिड’ अप्सनमा क्लिक गर्ने ।
-अब त्यहाँ देखिने ‘पेज’को आइकनमा क्लिक गर्ने ।
-यसपछि पेजको टाइमलाइनमा रहेको मिति परिवर्तन गर्न खोजेको पोस्टमा जाने ।
-पोस्टको दायाँ माथिको भागमा रहेको तिनवटा थोप्लाको आइकनमा क्लिक गर्ने ।
-त्यसपछि त्यहाँ तपाईले ‘चेन्ज डेट’ नामक अप्सन देख्नुहुनेछ । र, त्यहाँ क्लिक गरी आफ्नो पूरानो पोस्टको वर्ष, महिना, गते तथा समय समेत छनोट गर्नु सकिन्छ ।

नयाँ पोस्टलाई पुरानो मितिमा राख्नको लागि
-यसको लागि पनि तपाईले ‘न्युज फिड’ मा गई पेजको अप्सनमा क्लिक गर्ने ।
-पेजमा जाँदा देखिने ‘पब्लिसिङ टुल्स’ को अप्सनमा क्लिक गर्ने ।
-त्यसपछि ‘क्रिएट’मा क्लिक गरी ‘सेयर नाउ’मा क्लिक गर्ने ।
-त्यसपछि तर स्क्रोल गर्दै जाँदा देखिने ‘ब्याकडेट’को अप्सन छनोट गर्ने ।
र,आफूले गर्न लागेको पोस्ट टाइमलाइनमा देखिने वर्ष, महिना तथा दिन तय गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?