मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनी मिति हेरफेर

काठमाडौँं– फिल्म ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी असोज ११ गतेको लागि प्रदर्शनी मिति तय गरिएको पनि एक साता अघि नै रिलिज गरिने भएको छ ।

फिल्मलाई असोज ३ गतेदेखि प्रदर्शनी गर्ने तयारी भएकाले निर्माण टोलीले जनाएको छ । डविङको कामसमेत भइरहेको फिल्मलाई निर्माण टोली र वितरण कम्पनीको सल्लाह बमोजिम प्रदर्शनी मिति परिवर्तन गरेको निर्मात्री एवम् अभिनेत्री नीता ढुंगानाले बताएकी छिन् ।

फिल्मलाई अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवम् अभिनेता हरिहर अधिकारीको जोडीले निर्माण गर्न लागेको हो । फिल्ममा सो जोडीसँगै विपना थापा, प्रशान्त ताम्राकार, गरिमा शर्मा, बुद्धि तामाङ, सरोज खनाललगायको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?