मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘गाउँ आएको बाटो’ फिल्मको पहिलो गीत सार्वजनिक

काठमाडौँ– फिल्म ‘गाउँ आएको बाटो’को ‘राई माइला’ बोलको गीत सार्वजनिक गरिएको छ। शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सो फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो ।

कालीप्रसाद बास्कोटाको संगीत र श्रवण मुकारूङको शब्द रचनामा रहेको सो गीतमा सुनीता थेगिमको स्वर रहेको छ ।

भिडिओमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईलाई प्रस्तुत गरिएको छ। सुरेन्द्र पौडेलको भिडिओ सम्पादनमा रहेको सो गीतमा देखाइएको दृश्यले फिल्मको कथासार बुझाउने निर्माण टिमले जनाएको छ । गीतमा समावेश दृश्यले फिल्मको कथासार बुझाउन सहयोग गर्ने निर्माण टिमको विश्वास छ।

नवीन सुब्बाको निर्देशन रहेको ‘गाउँ आएको बाटो’ ले पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बस्ने एक बाबु–छोराको सम्बन्धमा नव निर्मित बाटोले ल्याएको उतार–चढावको कथा प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?