मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मानवरहित चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा अवतरण

काठमाडौँ – चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ ।

यो चन्द्रमाको क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् ।

चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनले बेइजिङको स्थानीय समय अनुसार बिहान ६: २३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।

चीनले मे ३ मा यो अभियान सुरु गरेको थियो । यस अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो सङ्कलन गरी पृथ्वीमा ल्याउनु हो ।

यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू सङ्कलन गर्न सक्ने बताइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा एउटा ठूलो क्रेटर छ, जहाँ यो गाडी अवतरण भएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र हो । चीनले सन् २०१९ मा चाङ–ई–४ अन्तरिक्ष यान यहाँ अवतरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?