मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मिस्टर बिस्ट’ बन्यो सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल

काठमाडौँ – ‘मिस्टर बिस्ट’ नामक युट्युब च्यानल सबैभन्दा बढी सब्सक्राइबरर भएको युट्युब च्यानल बनेको छ । यसअघि याे उपाधी  छ वर्षदेखि निरन्तर भारतको टी-सिरिजको नाममा थियो । 

अमेरिकी नागरिक जिम्मी डोनाल्सनले सञ्चालन गर्दै आएको सो च्यानलमा २६ करोड ६९ लाख बढी सब्क्राइबर छन् । यो दाेस्राे स्थानमा झरेकाे टी-सिरिजमा भन्दा २ लाख बढी हो ।

युट्युब च्यानल कति ठूलो छ भनेर मापन गर्ने एउटा तरिका हो, सब्सक्राइबरको संख्या हो । यसमानेमा भारतको टी-सिरिज सबैभन्दा ठूलो युट्युब च्यानल थियो ।

भारतीय संगीत रेकर्ड लेबल र फिल्म निर्माण कम्पनी टी-सिरिज सबैभन्दा धेरै हेरिएको हो भने यसअघि सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?