मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतमा बङ्गलादेश सांसदको हत्याका आरोपी काठमाडौँमा पक्राउ

काठमाडौँ – भारतमा हत्या गरिएका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न प्रमुख आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ ।

नेपाल प्रहरीले भारतमा हत्या गरिएका सांसद अजिमको हत्या आरोपी ३३ वर्षीय सियाम एमडी हुसेनलाई काठमाडौँबाट पक्राउ गरेको हो । 

प्रहरी स्रोतका अनुसार सियामको पक्राउ पछि सुपुर्दगीका लागि बङ्गलादेश दूतावासले कूटनीतिक पहल शुरु गरेको छ ।

भारत उपचार गर्न पुगेका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल मे १३ देखि सम्पर्क विहीन भएका थिए। पछि उनी कोलकातामा मृत फेला परेका थिए । उनको शव टुक्रा टुक्रा गरेर तालमा फालिएको अनुसन्धानमा खुलेको थियो ।

बङ्गलादेशी सञ्चारमाध्यमहरूमा पनि उनी काठमाडौँबाट पक्राउ परेको उल्लेख गरिएको छ । उनको हत्यालाई सुन तस्करीसँग समेत जोडेर हेरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?