मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको  नासाको दाबी

काठमाडौँ – नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ।

यो ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको सुरुवाती विस्फोट, बिग ब्याङ्गको ३० करोड वर्षको समयभन्दा कम समयमा बनेको थियो।

खगोलशास्त्रीहरूले ब्रह्माण्डको शुरुवात कसरी भयो भनेर व्याख्या गर्ने बिग ब्याङ्ग हो ।

यो ब्रह्माण्ड केवल एक बिन्दुको रूपमा सुरु भयो, त्यसपछि विस्तारित र अहिलेको रूपमा ठूलो रूपमा फैलिएको विचार हो र यो अझै पनि फैलिरहेको छ ।

पछिल्ला दुई वर्षमा, वैज्ञानिकहरूले वेबको प्रयोग गरी ‘कस्मिक डन’ को पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

यी आकाशगङ्गाहरूले ब्रह्माण्ड धेरै सानो हुँदा ग्यास, तारा र ब्ल्याक होलहरू परिवर्तन भएका तरिकाहरूमा महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गर्ने नासाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?