दाङ – दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्युभएको छ । आज साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
टिनले छाएको एककोठे घरमा घत्रीसँगै रहेकी उनकी श्रीमतिले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया