काठमाडाैँ – अधिकांश केटीहरू आफ्नो नङ बढाउन चाहन्छन्। धेरै प्रयास गर्दा पनि नङ बढ्न सकेकी छैनन् । यदि तपाई पनि नङ बढाउन चाहनुहुन्छ भने यो चिजको प्रयोग गर्नुहोस् ।
केटीहरूले नङ बढाउन धेरै प्रयास गर्छन् तर पनि राहत पाउँदैनन्। यस्तो अवस्थामा कागतीको प्रयोग गरेर नङ ठुलो बनाउन सकिन्छ ।
धेरैजसो केटीहरु नङ बढाउन चाहन्छन् तर धेरै कोसिस गर्दा पनि नङ लामो हुदैनन् । कागतीमा भिटामिन सी र एन्टिअक्सिडेन्ट पाइन्छ, जुन नङका लागि निकै फाइदाजनक मानिन्छ ।
एक चम्चा कागतीको रसमा एक चम्चा नुन मिलाउनुहोस् र यो मिश्रणलाई आफ्नो नङमा १० मिनेटसम्म लगाउनुहोस्। त्यसपछि धुनुहोस्।
एक चम्चा कागतीको रसमा एक चम्चा जैतुनको तेल मिलाउनुहोस्, यो मिश्रणलाई नङमा १० मिनेट लगाएर धुनुहोस् ।
नङमा कागतीको रस लगाएपछि सनस्क्रिन अवश्य प्रयोग गर्नुहोस्।
यदि तपाईको नङमा घाउ छ भने, कागती प्रयोग नगर्नुहोस्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया