काठमाडाैँ – आँखालाई हाम्रो शरीरको सबैभन्दा नाजुक अंग मानिन्छ । आँखा मात्र यस्तो चिज हो जसबाट हामी यो रंगीन दुनियाँ देख्न सक्छौं।
तर, आजको अस्वस्थ खानपान र जीवनशैलीले सानै उमेरमा मानिसको आँखामा नकारात्मक असर पारेको छ । त्यसैले आँखालाई जोगाउन निकै जरुरी छ । आँखाको स्वास्थ्य कायम राख्न मानिसहरु धेरै कुराको सेवन गर्छन् । तर केहि घरेलु जुस धेरै प्रभावकारी हुन सक्छ। जानौं यी जुसका बारेमा
गाजरको जुस : हेल्थलाइनको रिपोर्ट अनुसार गाजरको जुसमा धेरै प्रकारका पोषक तत्व र भिटामिन पाइन्छ । गाजरमा बोसो, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन के, भिटामिन सी, पोटासियम जस्ता पोषक तत्वहरू पाइन्छ। यो आँखाका लागि निकै फाइदाजनक हुन्छ । यसमा पाइने तत्वले आँखालाई सुरक्षित राख्छ ।
पालकको जुसः पालकमा धेरै पोषक तत्व पाइन्छ । यो स्वास्थ्य को लागी धेरै लाभदायक छ। पालक भिटामिन ए को राम्रो स्रोत हो। यसका अलावा यसमा धेरै एन्टिअक्सिडेन्ट पनि पाइन्छ । पालकको जुसको सेवन आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको नियमित सेवनले आँखाको ज्योति बढ्छ ।
सुन्तलाको जुस : सुन्तला आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ । सुन्तलाको जुस पिउँदा आँखाको ज्योति बढ्छ । यसले आँखालाई सुरक्षित राख्छ। सुन्तलाको जुसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
केराको जुस : धेरै पोषक तत्व र भिटामिनले भरिपूर्ण केरालाई सुपर फूडको श्रेणीमा राखिन्छ । यसमा एन्टिअक्सिडेन्ट र ल्युटिन पाइन्छ । लुटिन आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । केराको जुसको नियमित सेवनले आँखाको ज्योति बढाउँछ ।
टमाटरको जुस : टमाटरमा धेरै भिटामिन र पोषक तत्व पाइन्छ । यो प्रोटिन, भिटामिन सी, भिटामिन के, फाइबर, पोटासियम, कपर र भिटामिन ए को राम्रो स्रोत हो। यसको सेवनले आँखाको स्वास्थ्यमा सुधार गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया