मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किसानलाई अनुदानमा धानको बीउ वितरण

जनकपुर – उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले किसानलाई निःशुल्क रूपमा उन्नत जातको धानको बीउ वितरण गरेको छ । पालिकाले कृषिमा संलग्न किसानको उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले शतप्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको हो ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले धान उत्पादनमा वृद्धि ल्याउन, किसानलाई उत्साहित तथा आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण गरिएको बताए । किसानका मागका आधारमा जग्गाधनी पुर्जा हेरेर पर्याप्त मात्रामा बीउ उपलब्ध गराइएको उनले जानकारी दिए ।

अध्यक्ष यादवले भने, “यो पालिका क्षेत्रभित्र जति क्षेत्रफलमा धान उत्पादन हुन्छ सोअनुसार धानको बीउ ल्याएका छौँ, बढी हुनसक्छ कम हुँदैन ।” उनका अनुसार बहुगुणी–२, रामधान, हर्दिनाथ–६, लल्का बास्मती, राधा–४ लगायत जातका १३ क्विन्टलभन्दा बढी बीउ वितरण गरिएको छ ।

अध्यक्ष यादवले धानको बीउ खरिद गर्न रु १० लाख बजेट विनियोजन गरिएको बताउँदै अहिलेसम्म रु सात लाख ९० हजारको बीउ खरिद गरिएको जानकारी दिए । उनले धानको बीउसँगै किसानलाई आवश्यक परामर्श, कृषिऔजार तथा उपकरण वितरण गरिँदै आइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?