काठमाडाैँ – सञ्जय लीला भन्सालीको आइकोनिक फिल्म ‘देवदास’ सन् २००२ को सुपरहिट फिल्म थियो । शाहरुख खान, माधुरी दीक्षित र ऐश्वर्या राई स्टारर फिल्मका हरेक क्यारेक्टरले दर्शकको मनमा प्रवेश गरिसकेको थियो, खासगरी ‘चुनी बाबु’को चरित्रले । ‘देवदास’ जसमा ज्याकी श्राफको भूमिका थियो ।
‘देवदास’ मा चुन्नी बाबुको महत्वपूर्ण भूमिका थियो, जसका लागि सञ्जय लीला भन्सालीले ज्याकी श्राफभन्दा पहिले धेरै स्टारलाई सम्पर्क गरेका थिए । तीमध्ये एक मनोज बाजपेयी थिए, तर ‘भैया जी’ अभिनेताले यो फिल्म अस्वीकार गरेका थिए। हालै मात्र अभिनेताले फिल्म अस्वीकार गर्नुको कारण बताए ।
वास्तवमा, मनोज बाजपेयी पक्कै पनि ‘देवदास’ गर्न चाहन्थे, तर चुन्नी बाबुको भूमिका होइन, शाहरुख खानको ‘देवदास’ पात्र । युट्युबर सुशान्त सिन्हासँगको कुराकानीमा अभिनेताले यो खुलासा गरेका हुन् ।
मनोज बाजपेयीले आफू थिएटरमा हुँदादेखि नै देवदास बन्न चाहन्थे । त्यसैले उनी शाहरुखको भूमिका निभाउन इच्छुक थिए । तर, त्यसो हुन सकेन र फिल्म सुपरहिट भएपछि उनले फिल्ममा नआएकोमा पछुताउनु भयो । अभिनेताले भने-
मनोज बाजपेयीको क्राइम थ्रिलर फिल्म ‘भैया जी’ मे २४ मा रिलिज भएको एक हप्ता भइसकेको छ । फिल्मले जम्मा ८.७ करोडको व्यापार गरेको छ । उनको हिट वेब सिरिज ‘द फैमिली म्यान’को तेस्रो सिजन छिट्टै आउँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया