मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुडानमा बाल कुपोषण ‘जटिल अवस्थामा’  

काठमाडाैँ – संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले बिहीबार युद्धग्रस्त सुडानमा बालबालिका तथा आमाहरूको पोषण स्थितिमा ‘उल्लेखनीय गिरावट’ आएको चेतावनी दिँदै तत्काल समाधान गर्न आह्वान गरेका छन् ।

“सुडानका बालबालिकाको जीवन खतरामा रहेको जनाउँदै कुपोषण, रोग र मृत्युबाट जोगाउन तत्काल कदम चाल्न आवश्यक छ,” संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय ‘युनिसेफ’, विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ र विश्व खाद्य कार्यक्रम ‘डब्लुएफपी’ ले एक विज्ञप्ति जारी गरी आग्रह गरेका छन् । 

सुडानका शासक अब्देल फत्ताह अल–बुरहानको नेतृत्वमा रहेको नियमित सेना उनका पूर्व सहायक मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच एक वर्षभन्दा बढी समय देखि द्वन्द्व चलिरहेको छ ।

राष्ट्रसंघका विज्ञहरूका अनुसार द्वन्द्वले दशौँ हजार मानिसहरूको ज्यान लिएको छ र यसका कारण पश्चिम डार्फर सहरमा १५ हजारको मृत्यु भएको  छ । 

सहयोगसम्बन्धी संघसंस्थाका अनुसार करिब ९० लाख मानिस विस्तापित भएका छन् भने  बाल कुपोषणको समस्याले देशको स्वास्थ्य क्षेत्रलाई आक्रान्त बनाइरहेको छ । यसमा पौष्टिक खाना, सुरक्षित पिउने पानी र सरसफाइमा पहुँचको अभाव र रोगको बढ्दो जोखिम समावेश भएको उनीहरूले बताएका छन् । 

सुडानले द्वन्द्व–प्रेरित अनिकालको बढ्दो जोखिमको सामना गरिरहेको छ र यसका कारण बालबालिकाहरूमा ज्यान गुमाउनेसहित विनाशकारी परिणामहरू निम्तिने उनीहरूको धारणा छ । 

द्वन्द्वले मानवीय आपूर्तिको वितरणमा गम्भीर असर पारेको छ, अनगिन्ती महिला र बालबालिकाहरूलाई  खाना र पोषण सहयोगको पहुँचबाट वञ्चित पारेको छ  । 

मध्य डार्फरमा, पाँच वर्ष मुनिका बालबालिकामा १५।६ प्रतिशत तीव्र कुपोषण हुने अनुमान गरिएको छ भने उत्तरी डार्फर राज्यमा विस्थापित मानिसहरूका लागि स्थापित शिविरमा यो ३० प्रतिशतको नजिक छ । उनीहरूलाई आवश्यक मानवीय सहायता प्रदान गर्न तत्काल र सुरक्षित पहुँच चाहिने डब्लुएफपी प्रमुख सिन्डी म्याककेनले बताए ।  

लाखौँको जीवन खतरामा रहेकाले अन्तर्राष्ट्रिय समुदायले अब कार्य गर्नुपर्छ अन्यथा  बालबालिकाको सम्पूर्ण पुस्ता गुमाउने जोखिम रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?