मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?

काठमाडौँ– पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या हुन सक्छ । यस्तोमा गर्मी र लूबाट बच्न निकै सतर्कता अपनाउनु पर्दछ ।

नत्र यसले ज्यानसमेत लिन सक्ने चिकित्सकहरुको भनाइ छ । गर्मी मौसममा विषेशगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर पनि चिनिन्छ ।

‘लू’ बाट कसरी  बच्ने ?

– सकेसम्म पहिला शरीरको तापक्रम घटाउनुपर्छ ।

– बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ ।

– कहिल्यै पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ ।

– गर्मी मौसममा काँक्रो खानाले शरीरले शीतलता प्राप्त गर्दछ, यसले ‘लू’ को असर कम गर्छ ।

– प्याजको रस खाने ।

– चिसो पानीले नुहाउने ।

– धेरै पसिना आएमा जीवनजल पानी पिउने ।

– बाहिर निस्कँदा टाउको, कान र गर्दन ढाक्ने गरी कपडा ओढ्ने । वा सिधै सूर्यको किरण छालामा नछिर्ने र हावा छिर्ने खालका कपडा लगाउने ।

– खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने ।

– चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो- चिया, कफी, सोडाजस्ता पेय पदार्थ ।

– नरम, मुलायम सुतीको कपडा लगाउने ।

– चिसो फलफूल वा खानेकुरा सेवन गर्ने ।

– बिहान बेलुका रुखको छहारीमा गएर व्यायाम गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?