मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो ब्लू बगिङ ? यसरी जोगिनुहोस् 

काठमाडौँ– तपाइलाई थाहै नहुने गरी अनजान ब्लुटुथ कनेक्सनको कारण ह्याक गर्ने विधिलाई ब्लू बगिङ भनिन्छ ।

ब्लु बगिङका बारेमा तपाई लगायत कतिपय मानिसलाई थाहा नहुन सक्छ । त्यसकारण आज हामी तपाइलाई ब्लु बगिङको बारेमा केही जानकारी दिँदै छौँ । 

यदि तपाईँको फोनमा ब्लुटुथ सेटिङ अन छ र यो अज्ञात डिभाइसमा पनि देखिने हुँदा तपाइको डिभाइसमा ब्लुटुथ पेयरिंग रिक्वेस्ट प्राप्त हुने गर्छ ।

जुन तपाइले ब्लुटुथ पेयरिंग रिक्वेस्ट स्वीकार गर्दा ठूलो समस्या सामना गर्न पर्ने हुनसक्छ । यहाँसम्मकी तपाइको फोन ह्याक समेत हुन सक्छ । 

एक पटक ह्याकरले तपाईँको फोन नियन्त्रणमा लिएपछि, उसले फोनमा मालवेयर इन्स्टल गरी तपाइको गोप्य सूचना सार्वजनिक गरिदिन सक्छ । 

यस्ता उपाय अपनाएर जोगिन सक्छ ब्लू बगिङबाट 

– फोनमा ब्लुटुथ पेयरिंगको बारेमा सावधान रहने 

– कनेक्टेड डिभाइसको सन्दर्भमा फोन सेटिङहरू दैनिक रुपमा जाँच गर्ने ।

– डिभाइसमा अचानक ब्लुटुथ पेयरिंग रिक्वेस्ट आएमा बेवास्ता गर्ने ।

– ब्लुटुथ पेयरिंगका लागि सकेसम्म आफ्नै नाम प्रयोग नगर्ने ।

– डिभाइसलाई समय समयमा नवीनतम सफ्टवेयर अपडेट गरिराख्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?