काठमाडौँ – काठमाडौँ महानगरपालिका मेयर वालेन्द्र शाह अर्थात् वालेनले सडक डिभिजन कार्यालयलाई घुमाउरो जवाफ फर्काएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले न्यूरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन थाल्नेहरूले नै अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको उल्लेख गरेका छन् ।
‘सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्यूरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने, तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’ उनले प्रश्न गर्दै फुटपाथको मापदण्ड नै पोस्ट गरेका हुन् ।
डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र रहेको न्यूरोड सडकमा फुटपाथ बढाउने हेतु महानगरले काम थालेको थियो । त्यहाँ रहेको पार्किङ खाली गराएपछि सडक साँघुरो पार्ने र फुटपाथ फैलाउने महानगरको योजना छ ।
केही दिनअघि महानगरले सडक काट्ने क्रममा डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि दुई निकाय टकराबमा छन् । कार्यालयले न्यूरोडको सडक पुनःस्थापना गर्न दिएको २ दिनको अल्टिमेटम आज सकिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया