मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी सुत्ने गहिरो निन्द्रा ?

सर्वप्रथम आफूलाई के कारणले निन्द्रा लागेको छैन भन्ने कुराको पहिल्याउनुपर्छ । कसैलाई चिन्ताले हुनसक्छ, कसैलाई शारीरिक कारणले । कसैलाई बाह्य वातावरणले पनि निन्द्रा नलागेको हुनसक्छ ।

निन्द्रा नलाग्नुको कारण फेला परेपछि सोही अनुसार निदानको उपाय खोज्न सकिन्छ । त्यसबाहेक अन्य केही विधि छन्, जसले निदाउन सहयोग गर्छ ।

१. राति सुत्ने समयलाई नियमित गरौँ । सम्भव भएसम्म ८ देखि १० बजेसम्म ओछ्यानमा पुग्नुपर्छ । नियमित सुत्ने अभ्यासले ठिक समयमा निन्द्रा लाग्छ ।

२. ओछ्यानमा पुगेपछि छटपटी हुन्छ, मनमा कुरा खेलाउँछ भने मन पर्दो रेडियो कार्यक्रम सुन्न सकिन्छ । मोबाइलमा कुनै अडियो उपन्यास सुन्न सकिन्छ । यसले ध्यान एकाग्र हुन्छ र निन्द्रा लाग्छ । यद्यपि भिडियो हेर्ने, चर्को ध्वनि सुन्ने, फेसबुक चलाउने नगरौँ, जसले एकाग्रता भङ्ग गर्छ ।

३. कथा, उपन्यास पढ्ने अभ्यास छ भने मन पर्ने पुस्तक पढ्न सकिन्छ । त्यसबाहेक जीवनोपयोगी एवं धर्मको, दर्शनको पुस्तकहरू पढ्न सकिन्छ । यसले पनि मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

४. सुत्ने समयमा हरहिसाब गर्ने, योजना बनाउने, बितेका कुरा सम्झने, अपमानित भएको कुरा सम्झने जस्ता कुराले मन अधैर्य र अशान्त हुन्छ । त्यसैले सुत्ने बेला यस्ता कुराबाट ध्यान हटाउनुहोस् ।

५. शारीरिक रूपमा निष्क्रिय हुँदा पनि निन्द्रा लाग्दैन । त्यसैले आफ्नो दैनिकीलाई सक्रिय बनाउनुहोस् । दिनमा त्यस्तो कुनै पनि गल्ती नगर्नुहोस्, जसले तपाईँलाई ग्लानि, हीनताबोध हुन्छ । यस्ता कुराले राती सुत्न सकिँदैन ।

६. सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । १५ मिनेट जति ध्यान गर्नुहोस् । यसले मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?