मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा नियुक्त

पोखरा – गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् ।

गोरखाको पालुङ टार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन् ।  यसअघि पनि उनी आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । 

दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भ शास्त्रमा विद्यावारिधि गरेका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जिआइइएस) मा आबद्ध छन् ।

उनलाई  बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?