मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के गर्मीले दिमाग र शरीरमा मात्र नभई मृगौलामा पनि असर गर्छ ?

काठमाडाैँ – अत्याधिक गर्मीका कारण मानिसहरु प्रायः डिहाइड्रेसनको सिकार हुने गर्दछन् । यस्तो अवस्थामा मिर्गौलाले राम्रोसँग काम गर्दैन । यस्तो अवस्थामा मृगौलाले शरीरको फोहोर फिल्टर गर्न निकै कठिनाइको सामना गर्नुपर्ने हुन्छ ।

गर्मीका कारण पाचन सम्बन्धी समस्या पनि हुन सक्छ । यसले ब्याक्टेरिया र संक्रमण पनि निम्त्याउँछ। यही कारण अत्यधिक गर्मीले वान्ता, पखाला र पेट दुख्ने जस्ता समस्या निम्त्याउँछ।

गर्मीका कारण धेरै पटक टाउको दुख्ने र डकार्ने समस्या हुने गर्छ । खाना पनि राम्ररी पच्दैन।

गर्मीबाट बच्न दैनिक नरिवलको पानी पिउनुहोस् । किनभने नरिवलको पानीमा पोटासियम, सोडियम र म्याग्नेसियमको मात्रा बढी हुन्छ । यसले शरीरमा पानीको कमी हुन दिँदैन ।

गर्मीमा काँक्रो खानुपर्छ । दहीमा प्रोबायोटिक्स हुन्छ जुन राम्रो ब्याक्टेरियाका लागि चिनिन्छ। यसले पेटलाई पनि चिसो राख्छ । यसका साथै दहीले पाचन क्रिया पनि राम्रो राख्छ ।

गर्मीमा कागती अवश्य खानुहोस् । यसले शरीरमा पानीको कमीलाई पूरा गर्छ । शरीरमा पानीको स्तर कायम राख्छ। शरीरको तापक्रम पनि कायम राख्छ । काँक्रो खाँदा कुनै पनि प्रकारको तौल बढ्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?