मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महजोडीले थाले अस्ट्रेलियाको पर्थ र क्यानबेराबाट ‘महजात्रा’

काठमाडौँ– मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात् मह जोडीले अस्ट्रेलियामा  ‘महजात्रा’को शुरुवात गरेका छन् । पर्थ र क्यानबेरामा आइतबार सोमबार कार्यक्रम सम्पन्न भएको छ ।

यसपछि सिड्नी, एडिलेड, मेलबर्न र न्युजिल्याण्डको अकल्यान्ड र क्राइस्टचर्चमा समेत महजात्राको आयोजना गर्नेछन् ।

उत्साहजनक उपस्थिती रहेको पर्थ र क्यानबेरामा महजोडीले आफ्नो चर्चित क्यारिकेचर प्रस्तुत गर्दै सामाजिक विषयमा कटाक्ष गरेका थिए ।

‘महजात्रा अष्ट्रेलिया–न्युजिल्याण्ड २०२४’ नाम दिइएको यो कमेडी टुरमा हरिवंश र मदनकृष्णसँगै किरण केसी पनि सहभागी छन् । उनले पनि टुरमा प्रस्तुति दिएका छन् ।

फिल्म र सांगीतिक कार्यक्रम मात्र हुँदै आएको अष्ट्रेलिया र न्युजिल्याण्डमा पछिल्लोपटक महजोडीले स्टेज कमेडी प्रस्तुत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?