काठमाडौँ– कतिपय अवस्थामा हामीले घरमा रहेको कम्प्युटर वा ल्यापटपहरूलाई खुला नै छाड्नुपर्ने अवस्था आउन सक्छ ।
यस्तो अवस्थामा घरमा रहेका साना बच्चा अथवा अरू कसैले नै किबोर्डमा जथाभाबी थिचेर विभिन्न खालका समस्याहरू निम्तिन सक्छन् ।
यस्तो अवस्थामा प्रयोग गर्न सकिने किबोर्ड लक फिचरका बारेमा धेरै मानिसहरूलाई थाहा नहुन सक्छ । त्यसकारण आज हामी तपाइलाई किबोर्ड लक फिचरको बारेमा केही जानकारी दिँदै छौँ ।
के हो किबोर्ड लक फिचर भनेको ?
तपाईँले यो फिचर प्रयोग गरेको अवस्थामा किबोर्डले अस्थायी रूपमा काम गर्न छोड्छ । अर्थात् सामान्य अवस्थामा जसरी किबोर्ड चलाउन सकिदैन् । यो फिचर तपाइले कुनै विभिन्न थर्ड पार्टी एपहरुमार्फत समेत लिन सक्नुहुन्छ ।
किबोर्ड लक गर्ने तरिका :
आफ्नो ल्यापटप वा कम्प्युटरको किबोर्डमा रहेको ‘सिफ्ट’ कि कम्तीमा पनि आठ सेकेन्डसम्म थिचिराखेमा एउटा आवाज सहितको पपअप मेसेज प्राप्त गर्नुहुन्छ । जसमा ‘एस’ क्लिक गर्नु भयो भने तपाईँको किबोर्डले काम गर्न छोड्छ ।
यस्तै यो सेटिङ हटाउनको लागि पनि तपाइले ‘सिफ्ट’ कि नै केही समयसम्म दबाइरहनु पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया