मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ – सरकारले भन्सार दर बढाएसँगै सुनको मूल्य बढेको छ । 

आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सुनमा भन्सार दर बढाएर २० प्रतिशत कायम गरेको छ । यसअघि सुनको भन्सार दर १५ प्रतिशत मात्रै थियो ।

आज नेपाली बजारमा सुनको मूल्य तोलामा २३०० ले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४० हजार ५०० कायम भएको छ ।

तेजाबी सुन १ लाख ३९ हजार ८०० पुगेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। ३० रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?