मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सरकारले चलचित्रकर्मीलाई परिचयपत्र उपलब्ध गराउने, आवेदन माग

काठमाडौँ – सरकारले चलचित्रकर्मीलाई परिचयपत्र दिने भएको छ ।

विभिन्न विधाका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले विशिष्ट चलचित्रकर्मी र चलचित्रकर्मी श्रेणीको परिचयपत्र वितरण गर्न लागेको हो । त्यसका लागि उसले आवेदन माग गरेको छ ।

इच्छुक चलचित्रकर्मीलाई तोकिएको ढाँचामा १५ दिनभित्र आइपुग्ने गरी निवेदन दिन पनि बोर्डले अनुरोध गरेको छ । यस्तो निवेदन बोर्डको कार्यालयमा गएर वा इमेलमार्फत पनि दिन सकिनेछ ।

चलचित्रको माध्यमबाट राष्ट्रलाई पु–याएको योगदानको कदर स्वरूप दुई श्रेणीका परिचयपत्र वितरण गर्न लागेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?