मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाले सरकारका मन्त्रीहरूलाई रारा प्रवेशमा रोक लगाएको छ ।
सरकारले आर्थिक वर्ष २०८१–०८२ का लागि मंगलबार सार्वजनिक गरेको बजेट प्रस्तुतमा रारालाई नसमेटेको भन्दै नगरपालिकाका मेयर विष्णुकुमार भामले मन्त्रीहरूलाई रारा प्रवेशमा निषेध गरेका हुन ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा र नेपालको सबैभन्दा ठुलो ताल स्वर्गकी अप्सरा उपमा पाएको रारालाई सङ्घीय सरकारले बेवास्ता गरेको उनले बताए ।
रिफ्रेसमेन्टका लागि रारा घुम्न आउने तर यहाँको भौतिक संरचना निर्माणमा मन्त्रीहरूले ध्यान नदिएको उनको भनाई छ ।
एक वर्षमा रारामा कार्यक्रम गर्ने र खाने काम बाहेक रारा विकास र प्रवर्द्धनका लागि मन्त्रीहरूले केही काम नगरेको समेत उहाँले आरोप लगाएका छन् । आन्तरिक तथा वाह्य पर्यटकलाई भने रारामा स्वागत गरिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया