काठमाडौँ – अर्वपती एलन मस्कको कम्पनी एक्सएआईले आफ्नै एआई ल्याउने भएको छ ।
त्यसका लागि छ अर्ब डलर उठाएको छ भने यो रकम एड्भान्स डिभाइस निर्माण गर्न र प्रविधिमाथि अनुसन्धान र विकासको गति दिन खर्च हुने बताइएको छ ।
यस पटक एन्ड्रिसेन होरोविट्ज, सेक्विया क्यापिटल जस्ता कम्पनी र साउदी अरेबियाका राजकुमार अल वालिद बिन तलाल सहितले एक्सएआईमा लगानी गरेको बताइएको छ ।
मस्कले आफ्नो कम्पनीको मूल्याङ्कन १८ अर्ब डलर बढी भएको बताएका थिए भने २०२५ भित्र नयाँ डेटा सेन्टर बनाउने भनेर आफ्ना लगानीकर्ताहरूलाई विश्वस्त बनाएका थिए । अब अब एक्सआईको मूल्याङ्कन २४ बिलियन डलर भएको छ ।
अहिलेको दिनमा एक्सएआईको उत्पादनका रूपमा ग्रोक रहेको छ । जुन मस्कले च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न नै ल्याएका थिए । अहिले यो एआई टुल एक्सका प्रिमियम सब्सक्राइबरहरूलाई उपलब्ध गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया