मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

सोलुखुम्बु – विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा आज पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो । सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो ।

नेपालको पहिलो महिला रेस्लर भगवती खड्का ‘युनिका’ र अमेरिकाकी रेस्लर डानियल मोरिसन ‘डानी मो’बीच सम्पन्न मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालकी भगवती खड्का विजयी भइन् ।

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड हुने दाबी गरिन् । हास्य कलाकारको प्रस्तुतिसहित हास्य कलाकार शिव शङ्कर रिजाल ‘जोगिन्दार पानवाला’ले प्रतियोगिताको कार्यक्रम सञ्चालन गरेका थिए ।

मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । कार्यक्रममा अल एराउड ट्रेक्सका एमडी सोनम शेर्पाले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?