काठमाडौँ– आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) सुरु हुँदैछ । बुधबार राष्ट्रिय सभागृहमा किम्फको २१ औँ संस्करण सुरु हुँदैछ ।
कार्यक्रममा १५ भन्दा बढी फिल्म मेकर काठमाडौँमा रहेको जनाइएको छ । फेस्टिभलमा इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को एसिया प्रिमियर हुँदैछ ।
सो कार्यक्रम विश्व सगरमाथा दिवसको अवसरमा सुरु हुन लागेको हो । बुधबार नै देवेन्द्र खत्रीको ४३ मिनेट लामो फिल्म ‘नेपाली फिक्सन’को वर्ल्ड प्रिमियर हुनेछ । सचिन राना निर्देशित ३२ मिनेटको फिल्म ‘कुलैं तौल कुछ नि जमदु’को भारतीय फिल्मको एसिया प्रिमियर हुनेछ ।
यो संस्करणमा २२ देशका ६० भन्दा बढी फिल्म स्क्रिनिङ हुनेछन् । पहिलोपटक गर्मीयाममा किम्फ आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया