मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साहित्यकार क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ लोेकार्पण

काठमाडौँ– साहित्यकार क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ लोेकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री तथा साहित्यकार झलनाथ खनालको प्रमुख आतिथ्यमा उक्त कृतिको लोकार्पण गरिएको हो ।

समारोहमा समीक्षक राजकुमार बानियाँ, लेखक क्रान्ति पराजुली र प्रमुख अतिथि खनालसित कवि महेश कार्कीले अन्तक्रिया गरेका थिए। अन्तक्र्रियामा प्रमुख अतिथि खनालले नेपाली साहित्यमा नौलो विषय, परिवेशमा नेपाली महिलाले लेखेको उपन्यास सम्पूर्ण महिलाले पढे सकारात्मक ऊर्जा प्राप्त हुने बताए ।

उनले यो उपन्यासले महिलालाई मात्र नभएर सबैलाई उत्प्रेरणा मिल्ने जिकिर गरे। समीक्षक बानियाँले राजनीतिक विषयमा लेखिएको उपन्यासमा प्रेमको आदर्श चरित्र गरिएको सुनाए । भाषाशैलीले आफूलाई प्रभाव पारेको भन्दै उनले पाठकले पढ्दा आनन्द आउने दाबी गरे ।

उपन्यासकार पराजुलीले आफूले युवालाई स्वदेशमा नै बस्ने प्रेरणा मिल्ने गरी उपन्यास लेखेको र आफू सदैव आशावादी रहेको कुरा बताए । शिखा बुक्सले प्रकाशन गरेको यस उपन्यासको मूल्य ४७५ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?