मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

अत्यधिक गर्मीका कारण हुने ‘हिट स्ट्रोक’ को जोखिम कसलाई बढी हुन्छ?

अत्यधिक गर्मीका कारण हुने हिटस्ट्रोकका बारेमा हामीलाई त्यति थाहा छैन । यसबारे नेपालमा त्यति चर्चा भएको पनि पाइँदैन । लामो समय शारिरिक व्यापाम हुने गरी काम गर्ने, अत्यधिक गर्मीमा लामो समय बस्ने व्यक्तिलाई हिट स्ट्रोक हुनसक्ने चिकित्सकहरू बताउँछन् ।

हिटस्ट्रोक के हो ? यसका असरहरू कस्ता हुन्छन्? लगायतका विषयमा जनरल फिजिसियन डा. लोचन कार्कीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

के हो हिट स्ट्रोक ?

यो गर्मीका कारण हुने एक खालको रोग हो । जब शरीरले आफ्नो तापक्रमलाई नियन्त्रण गर्न सक्दैन, तब हिट स्ट्रोक भएको बुझ्न सकिन्छ । सामान्यतया स्वस्थ मानिसको शरीरको तापक्रम ९७ देखि ९९ डिग्री फरेनहाइट मानिन्छ । त्योभन्दा माथि भएमा ज्वरो आएको भनिन्छ । त्यस्तै शरीरको तापक्रम एक्कासी केही मिनेटमा १०६ डिग्री फरेनहाइट वा त्योभन्दा माथि बढ्न सक्छ । त्यसैलाई हिट स्ट्रोक भनिन्छ ।

हाइपोथालेमस मस्तिष्कको एक क्षेत्र हो, जसले हार्मोन उत्पादन गर्छ । यसले शरीरको तापक्रम, धड्कन गति, भोक र मुडलाई नियन्त्रण गर्छ । यसमा गडबडी भएपछि हुने गर्छ । त्यस्तो अवस्थामा शरीरको तापक्रम एक्कासी बढ्ने हुन्छ । शरीर चिसो हुन नपाउँदा हिट स्ट्रोक हुन्छ ।

हिट स्ट्रोक सामान्यतया निरन्तर शारीरिक भार पर्ने काम गर्ने जो कोही व्यक्तिलाई पनि हुनसक्छ । किनभने कामको कारण शरीरको तापक्रम बढ्ने गर्छ । त्यस्तै, लामो समय घाममा वा तातो ठाउँमा बस्दा, गर्मी सहन नसक्ने व्यक्तिलाई पनि यसको जोखिम हुन्छ । त्यस्तै दीर्घकालीन स्वास्थ्य समस्या मुटरोग, फोक्सो, मधुमेह, उच्च रक्तचाप र मोटोपनको समस्या, शरीरमा पानीको कमी, मद्यपान तथा अन्य लागूऔषध प्रयोग गर्ने व्यक्तिलाई पनि हुन सक्छ । साथै गर्मीयाममा आवश्यकताभन्दा बढी लुगा लगाउँदा पनि हिट स्ट्रोक हुनसक्छ ।

यसका के–कस्ता लक्षणहरु देखा पर्दछन् ?

यसका लक्षणहरु भनेको टाउको दुख्ने, बान्ता हुने, शरीर कमजोरी महसूस हुने, रिङ्गटा लाग्ने, तिर्खा लाग्ने, मुटुको धड्कन बढ्ने, श्वास फेर्न अप्ठ्यारो हुने, चिडचिडापन र दुःखी हुने, छाला सुक्खा हुने, मासंपेशी बाउँडिने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् । धेरै तातो ठाउँमा लामो समयसम्म बस्नु, चिसो ठाउँबाट अचानक तातो ठाउँमा सर्नु आदि हुन् ।

यसको उपचार विधि कस्तो छ ?

कसैलाई हिट स्ट्रोक भएमा सकेसम्म तुरुन्तै अस्पताल लैजानुपर्छ । अस्पताल पुर्‍याउनुअघि यी प्राथमिक उपचार गर्न सकिन्छ । त्यस्तै बिरामीलाई तातो ठाउँ वा घामबाट टाढा शीतल ठाउँमा लैजाने गर्नुपर्छ । यदि बेहोस भएको छैन भने चिसो पानी खुवाउने, बेहोस भएमा त्यो बेला पानी खुवाउनु हुँदैन । त्यस्तै बिरामीले धेरै लुगा लगाएको छ वा कस्सिने गरी लगाएको छ भने खोलिदिनुपर्छ । यसो गर्दा शरीरलाई चिसो बनाउन मद्दत गर्छ । चिसो पानीमा कपडा भिजाएर हातखुट्टा पुछिदिने गर्नुपर्छ । त्यस्तै हिट स्ट्रोक भएका व्यक्तिलाई अस्पताल लगिहाल्नुपर्छ । बिरामीको स्वास्थ्य अवस्था अनुसार जाँच गर्नुपर्ने हुन्छ ।

हिट स्ट्रोककै कारण के कस्ता जोखिम निम्तिन सक्छ ? , कस्ता व्यक्तिहरुलाई यसको जोखिम बढी हुन्छ ?

यस्तो समस्या भएको मानिसलाई १० देखि १५ मिनेटमा उपचार गर्न नसके ज्यानसमेत जान सक्छ । वृद्ध व्यक्ति वा बच्चालाई हिट स्ट्रोकको बढी जोखिम हुन्छ । किनभने उनीहरूको शरीरमा गर्मी सन्तुलन गर्ने क्षमता कम हुन्छ । सुरक्षा गार्ड, ट्राफिक प्रहरी, कृषि र अन्य घाममा ज्याला मजदूरीमा काम गर्ने व्यक्तिलाई जोखिम बढी हुन्छ । किनभने यी व्यक्तिहरु अत्याधिक गर्मीमा लामो समयसम्म बाहिर बस्दा वा उभिरहँदा र निरन्तर काम गरिरहँदा हिट स्ट्रोक हुनसक्छ । उच्च रक्तचाप, हृदयरोग, थाइराइड र मधुमेह समस्या भएमा पनि हिट स्ट्रोक हुनसक्छ ।

यसबाट बच्न कस्तो उपाय र सावधानी अपनाउनुपर्छ ?

हिट स्ट्रोकबाट बच्ने सबैभन्दा मुख्य उपाय गर्मीले तातो भएको शरीरलाई चिसो बनाउने कोसिस गर्नु नै हो । गर्मीमा काम गर्नुपर्छ भने समय–समयमा शीतलमा बस्ने, कोठामा पङ्खा वा एसी चलाएर शरीरलाई चिसो बनाउनुपर्छ ।

साथै शरीरलाई चिसो राख्न समय–समयमा पानी पिउने गर्नु सकिन्छ । ‘लु’ का बिरामीहरुले यसमा थप सतर्कता अपनाउनुपर्छ । किनकि ‘लू’ ले हिट स्ट्रोक निम्त्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?