मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो

काठमाडौँ- गाजाको राफाहमा इजरायली हवाई हमलाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणलाई ‘दुःखद दुर्घटना’ भनेका छन् तर अन्तर्राष्ट्रिय समुदायबाट विरोध बढिरहेको छ।

अल्जेरियाले सुरक्षा परिषद्को बैठक बोलाएको छ । यसअघि राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेसले पनि राफाहमा भएको आक्रमणको निन्दा गरेका थिए । उनले यहाँको अवस्था भयावह रहेको भन्दै यसलाई रोक्नु पर्ने बताए । उनले गाजामा कुनै पनि ठाउँ सुरक्षित नभएको बताए ।

आइतवार, इजरायलले रफाहमा रहेको शरणार्थी शिविरमा आक्रमण गर्दा कम्तिमा ४५ जनाको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?