काठमाडौँ – अर्थमन्त्री बर्षमान पुनले खेल क्षेत्रको पुर्बधार विकासका लागि एक अर्ब ३० करोड बजेट छुट्ट्याएको घोषणा गरेका छन् ।
मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले खेल क्षेत्रको पूर्वाधार विकासको लागि एक अर्ब ३० करोड बजेट छुट्याएको घोषणा गरेका हुन् ।
उनले टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने बताए । साथै गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गरिने बताए ।
त्यस्तै उनले खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट बिनियोजन गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया