मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कम बेरुजुमा रामप्रसादराई जिल्लाकै प्रथम स्थानीय तह

भोजपुर– रामप्रसादराई गाउँपालिका कम बेरुजुमा जिल्लाकै प्रथम स्थानीय तह बनेको छ । महालेखा परिक्षकले आइतबार सार्वजनिक गरेको ६३ औँ प्रतिवेदनका अनुसार रामप्रसादराई जिल्लाकै कम बेरुजु भएको स्थानीय तह बनेको हो ।

महालेखा परिक्षकको प्रतिवेदनका अनुसार गाउँपालिकाले बेरुजुमा शून्य दशमलव ४५ प्रतिशत अंक प्राप्त गरेको छ । गाउँपालिकाले कोशी प्रदेशका स्थानीय तहमध्ये कम बेरुजुमा आठौँ स्थान हासिल गरेको पालिकाका अध्यक्षका स्वकीय सचिव सुजिल राईले बताए ।

उनका अनुसार गाउँपालिकाले असल कार्यसँग सम्बन्धित भइ सुशासन कायम गर्न शून्य बेरुजुलाई शून्य बनाउने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ छ ।

गाउँपालिकाले सुशासन, जवाफदेहिता र संकल्पसहित काम गर्दै आएको पालिकाका अध्यक्ष थामबहादुर राईले बताए । गाउँपालिकाले बाँकी नियमित गर्नुपर्ने बेरुजु, असुल उपर गर्नुपर्ने बेरुजु र म्याद नाघेका पेश्की बेरुजु कम गराउनका लागि सम्बन्धित आर्थिक प्रशासन शाखा लागि परेको उनको भनाइ छ ।

साथै षडानन्द गाउँपालिका बेरुजु शून्य दशमलव ५६ सहित जिल्लामा दोस्रो, भोजपुर नगरपालिका शून्य दशमलव ९१ प्रतिशतसहिते तेस्रो कम बेरुजु रहेको स्थानीय तहमा परेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?