मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक

काठमाडौँ – टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक गरिएको छ। बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गर्ने यो शो असार दोस्रो सातादेखि शो प्रसारणमा आउने तयारीमा छ। 

ओएरसआर रियालिटी युट्युब च्यानलमार्फत सार्वजनिक टिजरमा शोका कलाकारहरूलाई प्रस्तुत गरिएको छ। 

शोमा अभिनेत्री गौरी मल्ल, नम्रता सापकोटा, अभिनेता विजय बराल, मोडल पवित्रा साँकी कमेडियनहरू सुन्दर खनाल, हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा शोमा देखिँदैछन्।

त्यस्तै, गायक सिडी बिजय अधिकारी र भिजे सुजाता श्रेष्ठ पनि शोमा जोडिएका छन् भने पूर्व मिस नेपाल नम्रता श्रेष्ठले  होस्ट गर्दैछिन्। 

माया इन्टरटेन्मेन्ट स्टुडियोले प्रस्तुत गरेको शो प्राइम टाइम टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?