मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘भ्वाइस किड्स’को तेस्रो सिजन ३२ जेठदेखि

काठमाडौँ – गायन रियालिटी शो ‘भ्वाइस किड्स’को तेस्रो सिजन जेठ ३२ गतेदेखि हिमालय टिभीमा प्रसारण हुने भएको छ । 

प्रतियोगितामा ४८ जना बालबालिकाले प्रतिस्पर्धा गर्दै छन् । ब्लाइन्ड अडिसनसँगै प्रसारणको थालनी हुने शोमा द ब्याटल, लाइभ शो, सेमीफाइनल र फिनाले तय छन् । साउन ३२ गते हुने फिनालेमा तेस्रो सिजनले विजेता पाउनेछ ।

यो शोमा प्रमोद खरेल, मिलन नेवार, छेवाङ लामा र मेलिना राई कोचको रूपमा छन् पहिलो पटक कोचलाई ब्लकको अधिकार प्रदान गरिएको छ ।

लाइभ शोमा २४ जनाले प्रवेश पाउनेछन् । साथै, एक जना कोचले ब्याटलमा दुई जनालाई स्टिल गर्न पाउने सुविधा पनि थपिएको छ । 

प्रतियोगितामा ६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले प्रतिस्पर्धा गर्न पाउनेछन् । यसपटक नेपालसहित भारत र अमेरिका लगायतको मुलुकका बाल प्रतियोगी पनि यो सिजनमा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?