काठमाडौँ – नेपाली र भारतीय नसा रोग विशेषज्ञ चिकित्सकहरूले लेखेको पुस्तक ‘केस बेस एप्रोज टु कमन न्युरोलोजीकल डिसअर्डर’ (Case-based Approach to Common Neurological Disorder) अन्तर्राष्ट्रिय प्रकाशन स्प्रीङगरको रोजाइमा परेको छ ।
पहिलो पटक स्प्रीङगरले यस्तो किसिमको पुस्तक प्रकाशन गरेको हो । यस पुस्तकमा कुनै पनि बिरामी चिकित्सक कहाँ आउँदा प्रथम चरणमै कसरी छिटो छरितो रोगको लक्षण अनुसार पहिचान गरी त्यसको कारक तत्त्व पत्ता लगाउने, र सहज, सरल तरिका बाट रोगको निदान, रोकथाम गर्न सकिन्छ भन्ने विषयवस्तुहरू समेटिएको छ ।
नसा रोग जस्तै पक्षघात, बिर्सने रोग, छारे रोग, शरीर हल्लिने रोग, मष्तिस्कघात, आँखाको पक्षघात जस्ता घातक रोगहरूको पहिचान गर्न नै लामो प्रक्रिया लाग्ने र उपचार पनि निकै नै खर्चिलो भएका कारण यस पुस्तकले चिकित्सकहरूलाई रोगको पहिचान र निदान गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ । समयमै रोगको पहिचान हुने भएपछि सर्वसाधारणहरूको उपचारमा पनि कम खर्च लाग्नेछ ।
आधुनिकतामा बद्लिँदो समय र परिस्थितिसंगै चिकित्सा क्षेत्रले पनि फड्को मारिरहेको छ । यसै क्रममा नसा रोगको क्षेत्रमा कसरी स्मार्ट तरीकाले बेलैमा रोगको पहिचान गर्ने र छिटो छरितो उपचार गर्न आजको आवश्यकता हो र आज सम्म यस्तो किसिमको पुस्तक प्रकाशन नभएकाले यो पुस्तक लेखिएको पुस्तकका सम्पादक प्रा. डा.कृष्ण कुमार ओली बताउँछन् ।
अन्तर्राष्ट्रिय प्रकाशन स्प्रीङगरले प्रकाशित गरेको विश्व बजारमा उपलब्ध छ । यस पुस्तकले चिकीत्सकहरुलाइ तत्कालै रोगको पहिचान र उपचार गर्न, अनुसन्धानकर्ताहरूलाई अनुसन्धान गर्न, एमबिबिएस, एमडी इन्टर्नल मेडिसिन, एमडी जिपी, न्युरो क्रिटिकल केयर इन्टेन्जीभीस्ट, डि एम, पिएचडी न्यूरोलोजी पढ्दै गरेका विद्यार्थी लगायत सम्पूर्ण तहको लागी पुस्तक लाभदायी हुने पुस्तकका अर्का सम्पादकहरू डा. जेन्टल सुन्दर श्रेष्ठ, र डा. राजीव ओझा प्रस्ट्याउँछन् ।
केस बेस एप्रोज टु कमन न्युरोलोजीकल डिसअर्डर पुस्तकमा विषयवस्तुलाई सात वटा भागमा विभाजन गरिएको छ । यस पुस्तकलाई मुख्य गरी प्रोफेसर डा. कृष्ण कुमार ओली, डा। जेन्टल सुन्दर श्रेष्ठ, डा. राजीव ओझा, प्रोफेसर डा. प्रमोद कुमार पाल, डा. सञ्जय पाण्डे, डा. विभु कल्याणी दास गरी छ जनाले सम्पादन गरेका हुन् ।
यसका साथै पुस्तक प्रकाशित हुनमा नेपाल र भारतका विभिन्न चिकित्सा क्षेत्रका इन्स्टीच्युतहरु, र नसा रोग विशेषज्ञ चिकित्सकहरूको महत्त्वपूर्ण भूमिका रहेको छ ।
लेखक, अनुसन्धानकर्ता र सम्पादकहरूको झन्डै सात वर्षको अथक प्रयास पश्चात् यो पुस्तक विश्व बजारमा आएको हो । यो पुस्तकले न्यूरोसाइन्समा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया