मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बजेट भाषण ३ बजेदेखि हुने

काठमाडौँ – बजेट भाषण हुने संसदको संयुक्त बैठक २ घण्टा सारिएको छ ।

यस अघि आज अपराह्न १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै छ ।  संसद बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि संसदमा बजेट भाषण हुने छ ।

सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुङ्गाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो ।

सोमबार राति कार्यादेशमा सहमति जुटेपछि दलहरूले आज समितिमा बस्ने नेताहरूको नाम बुझाउने छन् । 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बसेर कार्यादेशमा भएको सहमति अनुमोदन गरेको छ र तीन बजेसम्म संसदीय समितिमा बस्नेको नाम दिने बताएको छ ।

आजै बजेट भाषणपछि बस्ने प्रतिनिधि सभाको बैठकले संसदीय छानबिन समिति गठन गर्ने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?