काठमाडौँ– मोडल तथा सञ्चारकर्मी हिरोज लोप्चन ‘मिस्टर तामाङ–२०२४’को पहिलो संस्करणमा भिड्दै छन् ।
दोलखा जिरी ८, त्रिशुलेका लोप्चन सञ्चारकर्मसँगै कलाकारितामा समेत सक्रिय छन् । उनी रेडियोकर्म हुँदै हाल तामाङ पत्रकार संघ काठमाडौँका सचिव तथा जनसांस्कृतिक महासंघ बागमती प्रदेश सचिवालय सदस्य समेत हुन् ।
अहिले खुल्लापत्र अनलाइन पोर्टल सञ्चालन गरेर पत्रकारितालाई समेत उनले अगाडि बढाएका छन् । प्रतियोगी नम्बर ७ रहेको लोप्चनलाई मिस्टर तामाङको उपाधि लिएर आफ्नो सुमदायको कला, संस्कृति, सभ्यता र इतिहासलाई शालीन तथा निर्भिक रुपमा नेतृत्व गर्छु भन्ने लागेको छ । उपाधिसम्म पुग्न सबैको साथ र समर्थन मिल्ने उनको आशा छ ।
मम्स इन्टरनेशलनको आयोजनामा हुन लागेको प्रतियोगितामा लोप्चनसहित ओम सिंह स्याङ्बो तामाङ, विश्वराज स्याङ्बो लगायतका १५ जना युवा प्रतिस्पर्धीहरु सहभागी छन् ।
प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने फस्र्ट रनर अप र सेकेन्ड रनरअपले क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको ग्राण्ड फाइनल यही जेठ २९ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया