मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्यको लागि गुणकारी किबी, भगाउँछ यी रोगलाई टाढा 

काठमाडौँ– फलफूलले हाम्रो शरीरको लागि आवश्यक पोषणतत्व प्रदान गर्छ । हरेक फलमा केही न केही पौष्टिक तत्व पाइन्छ ।

जुन हाम्रो शरीरलाई स्वस्थ र दुरुस्त राख्नको लागि सहयोग गर्छ । न्युट्रिएट्सले फलफूलले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउँछ । यस्ता कयौँ फलफूलहरू छन् जसमा धेरै गुणले भरिपूर्ण हुन्छ । अर्थात् ती फलफूलमा धेरै पौष्टिक तत्त्व पाइन्छ । 

यसमध्ये किवी एक हो । किवीको स्वाद मिठो हुन्छ । तपाई यसलाई खानको लागि रोक्न सक्नु हुन्न । तपाई यसलाई बोक्रासहित वा बोक्रा निकालेर खान सकिन्छ । यसको खट्टा मिठो स्वाद एकदम राम्रो हुन्छ । 

किवीमा पोटासियम फाइबर, भिटामिन सी, फोलिक एसिड, भिटामिन ई र पालिफेनाल्सको मात्रा धेरै हुन्छ । यसले क्यालोरीकी मात्रा कम हुन्छ । त्यसैले यसलाई अमृत फलको रूपमा मान्न सकिन्छ । यसलाई खाएर तपाई कयौँ रोगहरूलाई टाढा राख्न सक्नुहुन्छ । 

आज हामी तपाईँलाई किवीको केही फाइदाको बारेमा जानकारी दिन्छौँ । जुन धेरै  रोगहरूबाट बचाउन मद्दत गर्छ । 

आँखासँग सम्बन्धित रोग

किवीले आँखासँग सम्बन्धित धेरै रोगबाट बचाउन मद्दत गर्छ । यसलाई खाएमा आँखाको तेजिलो बनाउनुका साथै अन्य समस्याबाट टाढा राख्छ । 

इम्युनिटी पावर बढाउँछ । 

किवी खाएर इम्युनिटी पावरलाई बलियो बनाउँछ । यसले कैयन रोगलाई टाढा राख्छ । यदि तपाईँलाई इम्युनिटी पावर बढाउनु छ धने किवी अवश्य पनि खानुहोला । यसमा भिटामिन सीको मात्रा धेरै हुन्छ । 

मुटुलाई स्वस्थ राख्छ

किवी खाएमा मुटुलाई स्वस्थ राख्छ । मुटुले राम्रोसँग काम गर्छ । यसमा हुने फाइबर, पोटासियमले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छ । यसले धमनीलाई एकदम मजबुत बनाउँछ । 

कब्जियतलाई टाढा राख्छ

यदि तपाई कब्जियतबाट पीडित हुनुहुन्छ भने अवश्य पनि २ वा ३ वटा किवी खानुहोला । कब्जियत को समस्याबाट छुटकारा पाउन किवी राम्रो मानिन्छ । यसले पेटलाई सफा राख्छ । 

किवी खाने समय

किवी खाने सही समय बिहान १० देखि १२ बजेसम्म हो । यदि तपाई यस समयमा किवी खानुहुन्छ भने यसमा प्रचुरमा मात्रामा पोषक तत्त्वहरू हुन्छन् । जुन शरीरको लागि धेरै लाभदायक हुन्छ ।

तपाई यसलाई खाली पेटमा पनि खान सक्नु हुन्छ । खाली पेटमा खाना खानु हुँदैन । किनभने यो अमिलो हुन्छ । र यसलाई खाएपछि एसिडिटी हुन्छ । यसलाई खाली पेटमा खानुको सट्टा बिहानको खाजापछि खान सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?