काठमाडाैँ – गर्मीको मौसम सुरु हुनासाथ मानिसहरु आँप खान थाल्छन् । तर अक्सर मानिसहरु आँप खाँदा केहि गल्ती गर्छन जसले उनीहरुको स्वास्थ्यमा नराम्रो असर गर्छ ।
आँप खाँदा केही कुरामा ध्यान दिनु जरुरी छ, अन्यथा यसले स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।
गर्मीको मौसम सुरु हुनासाथ मानिसहरु आँप खान थाल्छन् । आँप खानुअघि मानिसहरु अक्सर यस्तो गल्ती गर्छन् जसले स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।
अधिकांश मानिस फ्रिजबाट आँप निकालेर पानीले धुने, काटेर खाने गर्छन् । तर त्यसो गर्नु स्वास्थ्यका लागि खतरनाक हुन सक्छ।
जानकारी अनुसार आँप खानुअघि कम्तिमा १ घण्टा पानीमा राख्नुपर्छ ।
यदि तपाइँसँग कम समय छ भने, तपाइँ यसलाई ३० मिनेटको लागि पानीमा राख्न सक्नुहुन्छ।
जानकारीका अनुसार आँपमा प्राकृतिक रूपमा फाइटिक एसिड हुन्छ, जसले शरीरमा क्याल्सियम र आइरन जस्ता खनिजहरूको खपत हुनबाट रोक्छ। जसका कारण शरीरमा खनिजको कमी हुन्छ ।
त्यसैले आँप खानुअघि आँपलाई केही घण्टा पानीमा भिजाउनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया