शरीरले आफ्नो तापक्रमलाई नियन्त्रण गर्न नसक्दा हिट स्ट्रोक हुने गर्छ । सामान्यतया स्वस्थ मानिसको शरीरको तापक्रम ९७ देखि ९९ डिग्री फारेनहाइट मानिन्छ । त्यो भन्दा माथि भएमा ज्वरो आएको भनिन्छ ।
त्यस्तै शरीरको तापक्रम एक्कासि केही मिनेटमा १०६ डिग्री फारेनहाइट वा त्योभन्दा माथि बढ्न सक्छ । त्यसैलाई हिट–स्ट्रोक भनिन्छ । यो समस्या भएको व्यक्तिलाई १० देखि १५ मिनेटभित्रमा उपचारको दायरामा ल्याउन सकिएन भने मृत्यु समेत हुनसक्छ ।
के कारणले हुन्छ ?
हाइपोथालेमस मस्तिष्कको एक क्षेत्र हो, जसले हार्मोन उत्पादन गर्छ । यसले शरीरको तापक्रम, धड्कन गति, भोक र मुडलाई नियन्त्रण गर्छ । यसमा गडबडी भएपछि हुने गर्छ ।
शरीरको तापक्रम एक्कासि बढ्ने, पसिना ननिस्कने हुन्छ । जसकारण शरीर चिसो हुन सक्दैन र शरीरको तापक्रम बढ्दै गएर हिट स्ट्रोक हुन्छ । हिट स्ट्रोक सामान्यतया निरन्तर शारीरिक भार पर्ने काम गर्ने जोकोही व्यक्तिलाई पनि हुनसक्छ । किनभने कामको कारण शरीरको तापक्रम बढ्ने गर्छ ।
त्यस्तै लामो समय घाममा वा तातो ठाउँमा बस्दा, गर्मी सहन नसक्ने व्यक्तिलाई पनि हिट स्ट्रोक हुनसक्छ । त्यस्तै दीर्घकालीन स्वास्थ्य समस्या मुटरोग, फोक्सो, मधुमेह, उच्च रक्तचाप र मोटोपनको समस्या, शरीरमा पानीको कमी, मद्यपान तथा अन्य लागू औषध प्रयोग गर्ने व्यक्तिलाई हुनसक्छ ।
साथै गर्मी याममा आवश्यकता भन्दा बढी लुगा लगाउँदा पनि हिट स्ट्रोक हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया