मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शेरबहादुर पुनसँग अन्तर्वार्ता

कोरोना भाइरसका नयाँ सब–भेरियण्ट ‘केपी.१’ र ‘केपी.२’ कति घातक छन्?

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस अहिले साम्य भइसकेपनि यसका नयाँ भेरियण्ट फैलिरहेका छन् । विगतका वर्षमा पनि गर्मी महिनामा कोरोनाका नयाँ भेरियण्टहरू भेटिने गरेको चिकित्सकहरूले जनाएका थिए ।

केही दिनअघि नेपालमा समेत कोरोना भाइरसको नयाँ भेरियण्ट केपी.१ र केपी.२ भेटिएको पुष्टि भएको छ । अल्फा, बेटा, डेल्टा र ओमिक्रोन हुँदै कोरोनाका नयाँ–नयाँ भेरिएन्ट देखिएका छन् ।

अहिले निस्किएका ‘केपी १’ र ‘केपी २’ पनि  ओमिक्रोनका सबभेरियण्ट भएको चिकित्सकले पुष्टि गरेका छन् । यो भेरियण्ट कत्तिको घातक छ ? कसरी सतर्कता अपनाउने भन्ने सन्दर्भमा सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

नेपालमा समेत देखिएको केपी १ र केपी २ कोरोनाका सबभेरियण्ट कत्तिको घातक छ ?

ओमिक्रोनको सब भेरियण्ट केपी १, केपी २ कति घातक हुन्छ भन्ने अहिलेसम्म यकिन भएको छैन । तर, प्रारम्भिक अध्ययनबाट कम घातक मानिए पनि जेष्ठ नागरिक र दीर्घरोगीले भने विशेष ध्यान दिनुपर्ने देखिन्छ । विश्व स्वास्थ्य संगठनले पनि संक्रमण घातक नभए पनि दीर्घरोगी र बालबालिका सचेत हुनुपर्ने जनाएको छ । यो भेरियण्ट अरू भेरियण्टभन्दा कम घातक रहेका कारण जटिलता कमै मात्र हुनसक्छ ।

अहिले अस्पतालमा यो भेरियण्टका बिरामीको दर कस्तो छ ?

अस्पतालमा बिरामीको अवस्था सामान्य नै छ । अझ भनौं यो भेरियण्टका बिरामीको चाप बढेको छैन । तर पछिल्लो दिनमा गर्मी बढेसँगै रुघाखोकी, निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना हुने क्रम बढिरहेकाले नयाँ भेरियण्टप्रति चनाखो हुनुपर्छ ।

केही महिना अगाडिदेखि दीर्घरोगी र जेष्ठ नागरिक भने संक्रमणका कारण अस्पताल भर्ना हुँदै आइरहेका छन् । यसकारण प्रारम्भिक संकेतले पनि जेष्ठ नागरिकलाई बढी सताउन सक्ने देखिन्छ ।

यो भेरियण्टको प्रभाव कस्तो पर्ला भन्ने सन्दर्भमा तपाईंहरुले कस्तो अनुमान गर्नुभएको छ ?

कोरानाले स्वरूपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले कस्तो अवस्था ल्याउँछ भन्न अहिले एकिन गर्न सकिन्न । तर पटक–पटक कोरोना संक्रमण भएर एक तहको रोग प्रतिरोधी क्षमता विकसित भइसकेकाले पोजेटिभ हुने सम्भावना एकदमै साँघुरो भइसकेको छ । यसकारण पूर्ण खोप लगाएकाले डराउनुपर्ने अवस्था छैन ।

यो नयाँ भेरियण्ट ठ्याक्कै कहिलेबाट फैलिएको हो ? र कुन–कुन देशमा फैलिसकेको छ ?

करीब दुई महिनायता अर्थात् मार्चतिरबाट यो भेरियण्ट सलबलाउन थालेको हो । ओमिक्रोनको यो सब भेरिएन्ट हालसम्ममा भारत, सिङ्गापुर, अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

यसका लक्षणहरु के–कस्ता छन् ?

धेरैजसो संक्रमितमा ज्वरो वा चिसो लाग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकान, मांसपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद वा गन्ध नमिल्ने जस्ता समस्या देखिएका छन् । कतिपय बिना लक्षणका संक्रमित पनि छन् ।

कसरी सतर्कता अपनाउने त ?

मुख्य कुरो भनेको मास्क लगाउन नछाड्ने । झोलिलो तरकारी, फलफूल तथा पोषिलो खानेकुरा खाने, रुघाखोकी, ज्वरो आएमा निको होला भनेर घरमै नबस्ने, बालबालिका र दीर्घरोगीहरुले थप सतर्कता अपनाउन आवश्यक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?