काठमाडौँ – चौथो संस्करणको आदिवासी जनजाति चलचित्र महोत्सव जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ ।
आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा हुन लागेको ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने महासङ्घले पत्रकार सम्मेलनमार्फत जनाएको हो ।
आदिवासी जनजाति चलचित्र महोत्सवले आदिवासी जनजातिका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा र लोक प्रथाको दस्तावेजीकरण एवं संरक्षण र प्रवर्द्धनका साथै पर्यटन विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
महोत्सवको यो चौथो संस्करणमा फिचर, सर्ट फिल्म डकुमेन्ट्रीसहित नौ वटा चलचित्र प्रदर्शन गरिनेछ ।
महोत्सवमा प्रदर्शन हुने उत्कृष्ट चलचित्रलाई नगद २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार, उत्कृष्ट सर्ट फिल्मलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, पब्लिक च्वाईस अवार्ड पाउनेलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया