मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सालार २ बन्द भएको खबरमा निर्माताले तोडे मौन

काठमाडाैँ – सन् २०२३ मा रिलिज भएको प्रभास, पृथ्वीराज सुकुमारन र श्रुति हासन स्टारर ब्लकबस्टर फिल्म ‘सलार पार्ट १: सीजफायर’ दर्शकले निकै रुचाएका थिए । यो फिल्मले विश्वभर करिब ७५० करोडको व्यापार गरेको थियो । पहिलो भागको सफलता देखेर निर्माताले दोस्रो भाग ‘सालार : शौर्यङ्ग पर्व’ घोषणा गरेका छन् ।

फ्यानहरू पनि यसको दोस्रो भागको उत्सुकताका साथ पर्खिरहेका छन् तर केही समयअघि यो फिल्म बन्द हुने खबर आएको थियो । अब यी खबरहरुबीच ‘सलार’का निर्माताले नयाँ तस्विर शेयर गरेका छन् ।

प्रशान्त नील निर्देशित प्रभास स्टारर फिल्म ‘सालार २’ को सुटिङ मे महिनाको अन्त्यमा सुरु हुने थियो तर त्यसपछि सामाजिक सञ्जालमा धेरै हल्ला फैलियो जसमा प्रभास र प्रशान्तको यो फिल्म रोकिएको बताइएको थियो । अब निर्माताले आफैंले तस्विर शेयर गरेर यस्तो संकेत गरेका छन् ।

सालारको एक्स ह्यान्डलमा एउटा तस्बिर सेयर गरिएको छ, जसमा प्रशान्त र प्रभास हाँसिरहेका छन् । यो तस्विर सेयर गर्दै क्याप्सनमा लेखिएको छ कि उनी आफ्नो हाँसो रोक्न सक्दिनन् । यसलाई हेर्दा निर्माता आफैंले ती हल्लाको अन्त्य गरेको देखिन्छ ।

केही रिपोर्टका अनुसार प्रशान्त नीलले सालार २ को स्क्रिप्ट फाइनल गरेका छैनन् । अब उनी एनटीआरसँग आफ्नो फिल्म एनटीआर ३१ मा पनि काम गर्न लागेका छन् । यसको छायांकन अगस्टदेखि सुरु हुने बताइएको छ । यी प्रोजेक्टहरू हेर्दा प्रशान्तले दुवैमा सँगै काम गर्ने देखिन्छ, किनभने उनका दुवै प्रोजेक्ट शक्तिशाली छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?