मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल पुरुष फ्रेन्चाइजी भलिबल लिगका लागि सम्झौता

काठमाडौँ – नेपाल भलिबल संघ र केडिया अर्गनाइजेसन प्रालिबीच नेपाल पुरुष भलिबल फ्रेन्चाइजी लिगको आयोजन गर्ने विषयमा सम्झौता भएको छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया अर्गनाइजेसन प्रालिका प्रबन्ध निर्देशक विमलकुमार केडियाबीच आज यहाँ आयोजित एक कार्यक्रममा पुरुष फेन्चाइजी लिग आयोजना गर्ने विषयमा हस्ताक्षर गरे । उक्त सम्झौता सात वर्षका लागि हुनेछ । सझौताअनुसार केडिया अर्गनाइजेसनले प्रत्येक वर्ष भलिबल संघलाई रु ३५ लाख उपलब्ध गराउनेछ ।

नेपाल भलिबल संघले नेपालमा पहिलोपटक पुरुष फ्रेन्चाइज लिग गर्न प्रयास गरेको संघका अध्यक्ष चन्दले बताए । उनले उक्त प्रतियोगिता आगामी माघ÷फागुन महिनामा आयोजना गर्ने योजना रहेको बताउँदै उक्त प्रतियोगितको सम्पूर्ण व्यवस्थापन केडिया अर्गनाइजेसनले गर्ने उल्लेख गरे।

होम एन्ड अवेका आधारमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न सात टोलीलाई सहभागिता गराइने तयारी रहेको आयोजकले जनाएको छ ।

त्यसैगरी केडिया अर्गनाइजेसनका प्रबन्ध निर्देशक केडियाले भलिबल खेलको विकासका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गदै भलिबल राष्ट्रिय खेल भएकाले यसको विकास र विस्तार हुनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?