मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय फिल्मलाई कान्समा पहिलो पटक ‘ग्रान्ड प्रिक्स’ अवार्ड

काठमाडौँ– भारतीय फिल्मले कान्समा पहिलो पटक ‘ग्रान्ड प्रिक्स’ अवार्ड पाएको छ ।

शनिवार आयोजित ७७ औँ कान्स फिल्म फेस्टिभलमा सो अवार्ड पाएको हो । निर्देशक पायल कपाडियाको फिल्मले कान्सको दोस्रो प्रतिष्ठित अवार्ड पाएको जनाइएको छ ।

पायलको मलायालम–हिन्दी भाषाको ‘अल वी इमाजिन इज लाइट’ले ग्राण्ड प्रिक्स अवार्ड पाएको हो । यो अवार्ड पाउने पायल पहिलो भारतीय निर्देशक हुन् । यो फिल्म तीन महिलाको मित्रता वरिपरि घुमेको छ ।

३० वर्षयता कुनै पनि भारतीय फिल्म सो श्रेणीको अवार्डको लागि छनोट भएको थिएन । यो नै पहिलो बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?