काठमाडौँ– एक्सन अवार्ड विजेता फूर्वा तेन्जिङ शेर्पाले सगरमाथाको १६औँ पटक सफल आरोहण गरेका छन् ।
बुधवार शेर्पाले सगरमाथाको सफल आरोहणसँगै पर्वतारोहणकको इतिहासमाा आफ्नो नाम फेरि लेख्न सफल भएका हुन् । राष्ट्रिय आरोही टोलीको नेतृत्व गर्दै उनी सन् २०२४ मे २२ मा बिहान ६ जे सगरमाथाको शिखरमा पुगेका हुन् ।
उनले शिखर चढ्ने क्रममा आरोहीले दिएको प्रतिक्रिया आफूलाई निकै अमूल्य लागेको बताएका छन् । दोलखाको गौरीशङ्करको रोल्वालिङ गाउँमा जन्मिएका उनी पन्ध्र वर्षको उमेरमा भरियाको रुपमा आफ्नो करियर शुरु गरेका थिए ।
सफल पर्वातारोहिका रुपले उनले तीन पटक गिनिज वल्र्ड रेकर्ड मा आफ्नो नाम लेखाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया