काठमाडौँ– बलिउड अभिनेत्री कृति सेनन अभिनयसँगै आफ्नो सौन्दर्यका कारण समेत लोकप्रिय छिन् । उनी विशेष त उनका लामो उचाइका पहिरनहरूमा निकै सुन्दर देखिन्छिन् ।
यस्ता पहिरनहरूमा उनी निकै सचेत समेत छिन् । उनी आफैँ पनि फेसनिस्ट भएकीले आफूलाई कुन पहिरन सुहाउँछ भन्ने कुरामा ख्याल राख्छिन् ।
अग्ला कद भएका महिलाहरूका लागि उनका पहिरन शैली निकै उपयोगी छन् । उनकै पहिरन शैलीलाई पछ्याएर महिलाहरूले आफ्ना कपडाहरू तयार गर्न सक्छन् ।
यस्ता छन् उनका पहिरनहरू शैली
अग्ला महिलाहरूका लागि सारीले झनै उचाइ बढाइदिन्छ । यसका लागि अभिनेत्री कृतिले जस्तै समानान्तर लाइन कोरिएका सारीहरू लगाउन सकिन्छ । यसले सुन्दरतासँगै सारीका भएका लाइनहरूले तपाईँको शरीरको कद त्यति अग्लो देखाउँदैन । यसले तपाईँलाई फराकिलो र चौडा समेत देखाउँछ ।
यदि तपाईँ आफ्ना साथीहरूसँग घुमफिरका लागि निस्कनुहुन्छ भने छ ‘को–अर्ड’ सेट पहिरन समेत लगाउन सकिन्छ । जुन पहिरनले तपाईँलाई स्टाइलिस र सुन्दर समेत देखाउँछ । यसका लागि कपाललाई खुल्ला छोडेर हल्का मेकअप गर्न सकिन्छ । यसले पनि तपाईँको अग्लो कदलाई केही हदमा कभर गर्छ ।
अग्ला कदका भएका महिलाहरूका लागि ‘हाई–थाई सिल्ट’ पहिरन पनि सुहाउँछ । यसमा हाइ हिल सहितका बुटका झनै सुन्दर देखिन्छ ।
अभिनेत्री कृति धेरैजसो राजस्थानी लेहेङ्गामा सुन्दर देखिन्छिन् । सुनौलो इम्ब्रोइडरी भएका यस्ता लेहेङ्गाहरुले समेत अग्लो कदलाई निकै सुन्दर र स्टाइलिस देखाउँछ । साथै यसमा सुनका गहना र आँखाको मेकअपले तपाईँको सुन्दरता अझै खुलाउँछ ।
अग्ला कद भएका महिलाहरूका लागि नेटका फेब्रिक कुर्ता सलवारहरुले समेत सुहाउँदो देखिन्छ । यससँगै सुहाउँदो रङ्गका चुरा, सामान्य गहना र मेकअपले तपाईँको सुन्दरता र व्यक्तित्व समेत झल्काउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया