मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान आजदेखि

काठमाडौँ – सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभी’ लगाउने अभियान शुरु गरेको छ । 

दुई सातासम्म सन्चालन हुन यो अभियान अन्तर्गत १४ लाख ६२ हजार बालबालिकालाई ‘आइपिभी’ लगाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । 

यसअघि खोप लगाउन छुटेका बालबालिकाले पनि अभियानमा खोप लगाउन पाउने छन् ।  सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको सरकारले नेपालमा पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले दुई हप्तासम्म अभियान नै सञ्चालन गर्न लागेको हो । 

यस्तै २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई पनि सरकारले खोप लगाउने भएको छ । ती बालबालिका सन् २०१६ देखि २०१८ को बीचमा खोप उत्पादन नहुँदा ‘आइपिभी’ लगाउनबाट वञ्चित भएका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?