डडेलधुरा– डडेल्धुराको भित्री मधेसस्थित परशुराम नगरपालिकामा रहेको परशुराम धाममा आयोजना गरिएको दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ।
परशुराम नगरपालिकाको आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा सञ्चालित महोत्सवमा सहभागीहरूको उल्लेख उपस्थिति रहेको थियो। महोत्सवलाई विभिन्न सत्रमा विभाजन गरेर शिक्षा, स्वास्थ्य, उद्यम स्वरोजगार, साहित्य स्थानीय सरकारलगायतका विषयमा मन्थन गरिएको थियो।
समापन समारोहमा बोल्दै नगर प्रमुख भरत बडायर जोशीले परशुराम धामलाई धार्मिक पर्यटनको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा पहिचान गराउने, राष्ट्रिय स्तरमा पहिचान बनाएका साहित्यकारहरूको स्थानीय साहित्यकारसँग साक्षात्कार गराउने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्नेलगायतका बहुउद्देश्यीय लिएर महोत्सव सञ्चालन गरिएको बताए।
महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव शिक्षाविद् डा. हरि लम्साल, मदन पुरस्कार विजेता डा. नवराज लम्साल, रामलाल जोशी, विवेक ओझा, कवि सोझो गाउँले, बिप्लप प्रतीक, स्वास्थ्यविद् डा. अरुणा उप्रेती वक्ताका रूपमा रहेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया